सुक्खा बन्दरगाह-एकीकृत सुरक्षा जाँच चौकी बीचको जग्गा अधिग्रहण प्रक्रिया लम्बिने संकेत

अधिग्रहण प्रक्रियामा रहेको वीरगन्ज महागनरपालिका–२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचको जग्गाको अधिग्रहण प्रक्रिया अझै लम्बिने संकेत देखिएको छ । त्यहाँ रहेका कूल जग्गा धनीमध्ये ८ जग्गा धनीको जग्गा स्वबासी रहेको र उनीहरुको साथमा जग्गाको लालपुर्जा नरहेकाले त्यस्ता जग्गा धनीले तत्कालै मुआब्जा पाउने बिषयमा अन्योल सिर्जना भएको हो ।