ध्यान केन्द्र निर्माण सुरु

दोलखाको भीमेश्वर नगरपालिका–१ मा पौराणिक कला संस्कृति झल्काउने गरी कलात्मक रूपमा क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको छ। करिब आठ दशकअघि बनेको यो केन्द्र भूकम्पले भत्केपछि ढिलै भए पनि पुनर्निर्माण सुरु भएको निर्माण समिति कोषाध्यक्ष मुकुन्द शिवाकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार वि.सं. २००१ देखि २००२ सम्म खप्तड बाबा यहाँ रहनु भई उहाँले नै कुटी निर्माण गर्नुभएको थियो। भूकम्पले कुटी भत्केपछि उहाँकै स्मृतिमा श्री क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको हो।

सम्बन्धित सामग्री

बुद्व मावली देवदहमा विपश्यना ध्यान केन्द्र निर्माण सुरु (भिडिओ)

रूपन्देही । रुपन्देहीको देवदहमा विपश्यना सेन्टर निर्माण थालिएको छ । देवदह विपश्यना केन्द्र (धम्मगाम) ले सेन्टर निर्माण थालेको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयले विपश्यना केन्द्र निर्माणका लागि जमिन प्रदान गरेको स्थानमा पूर्वाधार निर्माण शुरु गरिएको हो । यसलाई अन्तर्राष्ट्रिय विपश्यना ध्यान केन्द्रसहित रिसर्च सेन्टर बनाउने दीर्घकालीन योजना रहेको छ । विपश्यना केन्द्रका शिक्षक गोपाल पोखरेलले […]