दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हरायो

काठमाण्डाै - दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हराएको छ । हिजो भएको खेलमा अस्ट्रेलियाले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ ओभर ५ बलमा २ सय ६९ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका ४ जना खेलाडी अर्धशतक नजिक पुगेर आउट भए । हेनरिच कलासन र डेभिड मिलर ४९ रन तथा टेम्बा बामुभा ४६ रन र क्विन्टन डी कक ४५ रनमा आउट भए । अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९२ रन बनाएको थियो...