काठमाडौं : दुई दिनदेखि काठमाडौंमा बढेको वायु प्रदूषण अझै कम भएको छैन। अहिले पनि उपत्यकाको आकाश तुवाँलोले ढाकेको छ। यो समाचार तयार पार्दासम्म विश्वका अत्यधिक प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा रहेको छ।केहीबेर अघि काठमाडौंको वायुको गुणस्तर अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ५९ रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जुन मात्राको एक्यूआई स्वास्थ्यका लागि हानिकारक मानिन्छ। सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।एक सय ५१ देखि दुई सयसम्मलाई अस्वस्थकर र २ सय