महाकाली अस्पताललाई भीमदत्त नपाको बीस लाख सहयोग

कञ्चनपुर । कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि आज रु २० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्त रूपमा रु २० लाखको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका छन् । चेक ग्रहण […]

सम्बन्धित सामग्री

नेपाल–बंगलादेश बैंकले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । नेपाल–बंगलादेश बैंकले २७ औं वार्षिकोत्सव मनाएको छ । ०५१ साल जेठ २३ गतेदेखि बंैकिङ कारोबार सुरु गरेको बैंक विदेशी संयुक्त लगानीमा सञ्चालित बैंक हो । बैंकमा बंगलादेशको आईएफआईसी बैंकको ४० दशमलव ९० प्रतिशत लगानी छ ।   वार्षिकोत्सव अवसर पारेर बैंकले कोरोना महामारी र यसबाट हुन सक्ने मृत्युबाट नागरिकलाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल सरकारलाई ६६ लाख बराबरको २ हजार ५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगर, महाकाली अञ्चल र टीकापुर अस्पताललाई ४ लाखको  आर्थिक सहयोग गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्टे«टर खरिद गरिनेछ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकलाई बैंकिङ सुविधा दिँदै आएको छ ।

२७ औं वार्षिकोत्सवको अवसरमा नेपाल बंगलादेश बैंकद्वारा ७० लाख बराबरको सहयोग

जेठ २२, काठमाडौं । विदेशी संयुक्त लगानीमा सञ्चालित नेपाल बंगलादेश बैंकले आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख बराबरको २ हजार ५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । साथै, सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाखको आर्थिक सहयोग प्रदान गरेको बैंकले जानकारी दिएको छ ।  उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरीद गर्ने समेत बैंकले बताएको छ ।  यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४० दशमलव ९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ ओटा शाखा, ८ ओटा एक्सटेन्सन काउन्टर तथा ८१ ओटा एटीएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।