काठमाडौं : अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) भोलिबाट नेपालमा कार्यान्वयनमा आउँदैछ। ०७४ भदौ २९ गते नेपाल सरकार र एमसीसीबीच नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौता भएको ६ वर्षपछि कार्यान्वयनमा आउन लागेको हो। एमसीसी कम्प्याक्टले बिजुलीको उपलब्धता, गुणस्तरमा वृद्धि तथा यातायात लागतमा न्यूनीकरणमार्फत लगानी आकर्षित गर्ने, आर्थिक वृद्धिलाई तीव्रता दिने तथा गरिबी न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। सञ्चालन गर्न लागिएका विद्युत् प्रसारण लाइन तथा सडक मर्मतसम्भारसम्बन्धी