काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको जसपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको छ ।