धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो ।नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए । सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारिएको जनाइएको