अल–जवाहिरी हत्या : तालिवान शासनको केन्द्रमा घुसेर अमेरिकाले कसरी यति सटिक आक्रमण गर्यो ?

जुलाई ३१ को सूर्योदय हुनुभन्दा लगभग एक घण्टाअघि अल–कायदा प्रमुख अयमान अल–जवाहिरी घरको बाल्कोनीमा पुगे। काबुलको प्रमुख इलाकामा रहेको यस घरमा बस्ने यी चर्चित जिहादी नियमति बाल्कोनीमा हिँड्ने गरेको बताइएको छ । उनी प्रायः बिहानको नमाजपछि घरको बाल्कोनीमा जान्थे र केही समय टहलिने गर्थे । तर जुलाई ३१ को अल–जवाहिरीको बालकोनी हिँडाई उनको जीवनकै अन्तिम साबित भयो । स्थानीय समय अनुसार विहानको ठिक ६ः१८ मा दुईवटा मिसाइल सोही बाल्कोनीमा खस्यो । विस्फोट भयो । र ७१ वर्षीय अल–जवाहिरीको मृत