कल्याण श्रेष्ठको ‘इन्ट्रेस्ट’मा न्यायाधीश समाजको विवादास्पद विज्ञप्ति

बहालवाला न्यायाधीशहरूको सञ्जाल न्यायाधीश समाज नेपालका तर्फबाट आज सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विवादास्पद रूपमा एक विज्ञप्ति जारी गरेका छन् ।

सम्बन्धित सामग्री

सर्वोच्च अदालतमा चार पूर्वन्यायाधीशद्वारा लिखित जवाफ पेश

पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।   पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की अदालतको अवहेलना सम्बन्धि मुद्दामा आज आफै उपस्थित भएर पेश गरेको लिखित जवाफमा उक्त कुरा उल्लेख भएका हुन् । चार पूर्वप्रधानन्यायाधीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उल्लेख गर्दै गत पुस २४ गते विज्ञप्ति सार्वजनिक गरेको विषयलाई लिएर सर्वोच्च अदालतमा छुट्टछुटै अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक सात दिनभित्र लिखितजवाफ पेश गर्न आदेश जारी गरेको थियो । उहाँहरुसँगै प्रधानमन्त्री र पूर्वसभामुख दमनाथ ढुङ्गानालाई लिखित जवाफ माग गरेको थियो । लिखित जवाफ सबैभन्दा पहिला चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा पेश गर्नुभएको हो ।