आजको विश्व सानो मोबाइल सेटभित्र सीमित छ । कुनै पनि कारोबारका लागि मोबाइल बैङ्किङ एक महत्त्वपूर्ण हिस्साको रूपमा उदाएको छ । मोबाइलबाट हुने कारोबार मध्येको सबैभन्दा सरल र सहज कारोबार हो ‘क्यूआर कोड’ मार्फत गरिने कारोबार । अहिले बैङ्क तथा वित्तीय संस्थाहरू, मल, हरेक पसल, मार्ट, होटल, रेस्टुरेन्टदेखि साइकल तथा ठेलाबाट फलफूल तरकारी बेच्नेहरूले पनि क्यूआर कोडमार्फत भुक्तानी लिने गरेको देख्न सकिन्छ । क्यूआर कोड अर्थात् क्विक रेस्पोन्स कोड छिटो छरितो, सहज, सरल र सुरक्षित कारोबारका लागि