न्युयोर्कबासीले पनि महँगीसँग जुध्न २७० डलर सम्मको राहत चेक पाउने, को को हुनेछन् योग्य?

लगभग १७ लाख न्युयोर्कवासीहरूले अक्टोबर ३१ भन्दा अगाडि नै २७० डलर सम्मको राहत चेक पाउने भएको छ । राज्यमा मुद्रास्फीतिको बोझ कम गर्न डेमोक्रेटिक गभर्नर क्याथी होचुलको प्रयासको एक भागको रूपमा यो राहत पठाइने भएको हो । चेकको रकम कति हुने भन्ने कुरा आम्दानीमा भर पर्नेछ । चेक कहिले कहिले पठाउनेभन्नेबारे समयतालिका बताइएको छैन । […]