अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बनेका माओवादी केन्द्रका नेता अमनलाल मोदीले यस पटक एमाले नेता विनोद ढकालसँग कडा प्रतिस्पर्धा गर्दैछन् ।एमाले नेता ढकाल अहिलेसम्म राजकीय पदमा नपुगेका नेता हुन् । ढकाल ०६४ सालमा मोरङको तत्कालीन क्षेत्र नम्बर ७ बाट उपनिर्वाचन लडेपनि पराजित बनेका थिए । यस्तै ०७४ सालको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गरेका ढकाल काँग्रेसका भीम पराजुलीसँग फराकिलो मतान्तरले प