काठमाडौंः पहाडमा फागु पूर्णिमा अर्थात् होली सकिएसँगै तराईमा भने आज धुमधामका साथ होली मनाइँदै छ ।
काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदै ...
गोदार (धनुषा), १३ चैत । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदैछ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एकअर्कालाई रङ्ग अबिर दली होली पर्व मनाइरहेका छन् । पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह (पञ्चकोशी) परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका […]
पर्सा । पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो । कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ । […]
जनकपुधाम– जनकपुरधाममा आज होली पर्व मनाइँदै छ । मधेश प्रदेशसहित तराईका जिल्लाहरूमा शुक्रबार नै होली पर्व मनाइए पनि जनकुरधाममा भने आज होली मनाइँदैछ । जनकपुरधाममा १५ दिने माध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा रहेको छ । शुक्रबार परिक्रमामा सहभागी तीर्थयात्री तथा सर्वसाधारणले अन्तरगृह परिक्रमा गरेका थिए । यही अन्तरगृह परिक्रमा सम्पन्न भएको भालिपल्ट […]
काठमाडौँ । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा रङ्गहरूको महापर्व होली होली मनाइँदै छ । पहाडी जिल्लाहरूमा बिहीबार र जनकपुरधाम बाहेक मधेसका जिल्लाहरूमा शुक्रबार होली मनाइएको छ । तर शुक्रबार १५ दिने मिथिलामा माध्यमिकी परिक्रमा समापन भएकाले जनकपुरधाम क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै छ । परिक्रममा श्रद्धालु आउने भएकाले जनकपुरधाम क्षेत्रमा स्थानीय प्रशासनले बिहीबार र […]
विराटनगर, ४ चैत । रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको […]
आज सिरहामा उत्साहका साथ होली पर्व मनाइँदैछ । आज बिहानैदेखि सिरहाका ग्रामीण क्षेत्रका साथै सदरमुकाम सिरहन, लहान, गोलबजार लगायतका बजारहरुमा धुमधामका साथ होली मनाइँदैछ । पहाडी तथा हिमाली जिल्लाहरुमा हिजो मनाइएपनि तराई मधेसमा भने शुक्रबार होली मनाईंदैछ । सिरहामा मनाइएका होलीका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
काठमाडौं । तराई मधेशका जिल्लामा आज (शुक्रबार) होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई […]
काठमाडौँ। आज तराई मधेसका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेसका जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । हिजो बिहीबार हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ […]