गत मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.९५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.४३ प्रतिशत विन्दुले कम हो । २०७९ मंसिरमा यस्तो मूल्य वृद्धिदर ७.३८ प्रतिशत रहेको थियो ।