टोकियो ओलम्पिकः भारतको महिला हक्कीले जितेन पदक

एजेन्सी। भारतीय महिला हक्की टिम काश्य पदकका लागि भएको प्रतिस्पर्धामा बेलायतसँग ४–३ ले हारेको छ। भारतीय महिला टिम पहिलो पटक ओलम्पिकको सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो। बेलायतसँग पराजित भएपछि पहिलोपटक पदक जित्दै इतिहास रच्ने अवसरबाट भारतीय महिला टिम बञ्चित भयो। बेलयात रियो ओलम्पिकको स्वर्ण पदक विजेता टिम हो। भारतको पुरुष टिमले बिहीबार ४१ वर्षपछि काश्य पदक जितेको थियो।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः रुसकी बात्साराश्किनाले कीर्तिमानसहित जितिन् स्वर्ण

एजेन्सी। रुसकी सुटर भितालिना बात्साराश्किनाले टोकियो ओलम्पिक–२०२० मा सुटिङको महिला १० मिटर एयर पिस्तोल स्पर्धामा स्वर्ण पदक जितेकी छन्। बात्साराश्किनाले ओलम्पिक कीर्तिमान २४०.३ अंक जोडेकी थिइन्। उनले पाँच वर्षअघि रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। २३९.४ अंक जोड्दै बुल्गेरियाकी एन्टोएनेटा कोस्टाडिनोभाले रजत पदक जितिन्। चीनकी जियाङ रान्जिनले २१८ अंक जोडेर काश्य पदक हात पारिन्।