अर्थमन्त्री शर्मालाई बोल्ने समय दिएपछि एमालेले गर्‍यो संसद् बहिष्कार, ‘अर्थमन्त्रीले संसद्मा बयान दिने होइन, समितिले बयान लिन्छ’

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले बोल्नका लागि प्रतिनिधिसभाको बैठकमा समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ। आपत्ति जनाएर एमालेले शर्मालाई बहिष्कार गरेको छ। एमालेका सांसद योगेश भट्टराईले शर्मालाई संसद्मा मन्त्रीको हैसियतले बोल्ने नैतिक अधिकार नभएको बताए। ‘मन्त्रीबाट राजीनामा दिएर बोल्नुस् हामी सुन्न तयार छौँ। उहाँलाई…