एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डाै - एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले यूएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का र थाइल्यान्ड रहेका छन् । नेपाल समूह ‘बी’ को उपविजेता र यूएई समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीच...