काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा लागेको आगो अझै नियन्त्रण बाहिर छ । मंगलबार बिहान १० बजे स्थानीय भोला पौडेलको घरबाट आगो सल्किएको थियो । पौडेलको घरमा विद्युत् शर्ट भएर आगो सल्किएको ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले रातोपाटीलाई बताए । समाचार तयार पार्दासम्म आगो पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । उनले भने, ‘आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन, निभाउने प्रयास जारी छ ।’ काठ र टिनको घर भएको हुनाले पानी हालिसकेपछि फेरि आगो सल्क