विवादका बीच काठमाडौं महानगरपालिकाको सोमबार बसेको १५औं नगर सभाको बैठकमा महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट उपमेयर सुनिता डंगोलले पेस गरेकी छिन् । उपमेयर डंगोलले आगामी वर्षका लागि कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पेस गरेकी हुन् ।