स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई भन्यो- स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब-भत्ता आफैं व्यवस्था गर्नू

सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन र आर्थिक स्रोत आफै जुटाउन निर्देशन दिएको छ।