नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन । सातमध्ये छ वटा प्रदेशमा कांग्रेसको वडा अधिवेशन शुरु भइसके पनि प्रदेश २ मा क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन शुरु हुन नसकेको हो ।
कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण हाललाई अधिवेशनको कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।