काठमाण्डाै - घरेलु टिम बङ्गलादेशले अस्ट्रेलियासँगको टी–ट्वान्टी श्रृङ्खलामा ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको तेस्रो टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलियालाई १० रनले हराउँदै बङ्गलादेशले पहिलो पटक अस्ट्रेलियासँगको श्रृङ्खला जितेको हो ।
यससँगै बङ्गलादेशले पाँच खेलको श्रृङ्खला दुई खेल अगाडि नै जितेको छ । बङ्गलादेशले पहिलो खेलमा २३ रन तथा दोस्रो खेलमा ५ विकेटले अस्ट्रेलियालाई हराएको थियो । बङ्गलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र बना...