अपरिचित फोनले अस्तव्यस्त बनायो विमानस्थल, एक घण्टामा करिब ३५ वटा उडान रोकिए

काठमाडौँ- त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बुधबार बिहान अचानक एक फोन आयो। कोही आफ्नो गन्तव्य पुग्न जहाज चढ्ने क्रममा थिए त कोही गन्तव्यसम्म पुग्न हतारिँदै थिए। अपरिचित व्यक्तिबाट आएको फोनले विमानस्थल एकाएक अस्तव्यस्त बन्यो। फोन गर्ने व्यक्तिले सुरुमै ‘सलाम वालेकुम’ भन्यो। ‘सलाम वालेकुम’ भनेपछि उक्त व्यक्तिले पुन नेपालीमा नै बोल्न थाल्यो। नेपालीमा बोल्दै उसले भन्यो- ‘विमानस्थल […]

सम्बन्धित सामग्री

चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश

काठमाडौं । चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । पछिल्लो २४ घण्टामा चिनियाँ लडाकु विमान ताइवान प्रवेश गरेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टी गरेको हो । यसका साथै युद्ध अभ्यासका क्रममा ७१ चिनियाँ विमान प्रयोग गरिएको पनि जनाइएकाे छ । समामाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानले ताइवानको खाडीलाई दुई […]

रुस-युक्रेन युद्धको नवौँ दिन के-के भयो ?

आज युक्रेन-रूस युद्धको दशौं दिन हो। गत २४ घण्टामा के के भयो थाहा पाउनुहोस्:-ब्रसेल्समा नेटो देशका विदेश मन्त्रीहरूसँग भेट गरेपछि गठबन्धनका महासचिव येन्स स्टोल्टेनबर्गले गठबन्धनले युक्रेनमाथि उडान प्रतिबन्ध क्षेत्र स्थापना नगर्ने बताएका छन् । उक्त निर्णयबाट आक्रोशित युक्रेनका राष्ट्रपति भोभोडिमिर जेलेन्स्कीले वक्तव्य जारी गरेर पश्चिमी देशहरुको आलोचना गर्दै नेटो नेतृत्वले युक्रेनका शहर र गाउँको विनाशलाई अनुमोदन गरेको बताएका छन् । युक्रेनका जनतालाई टेलिभिजन सन्देशमा जेलेन्स्कीले पश्चिमी नेताहरूलाई

युक्रेनबाट रफ्तारमा भारतीयको उद्धार, २४ घण्टामा १५ उडान

भारतीय विदेश मन्त्रालयले युक्रेनबाट करिब १७ हजार भारतीय नागरिक बाहिरिइसकेको जनाएको छ । यस्तै पछिल्ला २४ घण्टामा मात्रै उद्वारका लागि १५ उडान तय गरिएको समेत विदेश मन्त्रालयले जनाएको छ ।

युक्रेनबाट रफ्तारमा भारतीयको उद्धार, २४ घण्टामा १५ उडान

भारतीय विदेश मन्त्रालयले युक्रेनबाट करिब १७ हजार भारतीय नागरिक बाहिरिइसकेको जनाएको छ । यस्तै पछिल्ला २४ घण्टामा मात्रै उद्वारका लागि १५ उडान तय गरिएको समेत विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द भएका छन् ।  संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन्। आज बिहान ८ः ३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो ।  जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द  हिलले  जानकारी दिएको छ । द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द

अबको एक/डेढ घण्टामा हुस्सु हट्छ : मौसमविद्

काठमाण्डाै - बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण काठमाण्डौकाे भिजिबिलिटी घटेको छ । यसले गर्दा आन्तरिक र बाह्य उडान अवतरण नै ठप्प भएको छ । बिहानदेखि नै कुनै पनि उडान अवतरण हुन सकेको छैन ।  बाक्लो हुस्सुले अवतरण हुन नसकेपछि काठमाण्डौ आएका आठ वटा जहाज आकाशमै घुमिरहेका छन् ।तर, काठमाण्डौ उपत्यकामा लागेको बाक्लो हुस्सु, कुहिरो बिस्तारै हट्न थालेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार बिहान एक सय मिटरमा झरेको भिजिबिलिटी अहिले दुई सय मिटरमा पुगेको छ । अबको एक/ढेड घण्टा पछ...

उडान थाल्ने तयारीमा हवाई कम्पनी

काठमाडौं । चार वर्षभित्रै सकाउनेगरी पोखरा ( मुग्लिन ९० किमि ) राजमार्ग विस्तारको तयारी भइरहेको छ । अहिले सार्वजनिक सवारी चढेर पोखराबाट तीन घण्टामा सहजै मुग्लिन पुगिन्छ । निजी सवारीमा त अझ छिटो यो दूरी पार गर्न सकिन्छ । राजमार्ग विस्तार सुरु भएपछि यो खण्ड पार गर्न अहिलेभन्दा बढी समय त लाग्नेछ नै, यात्रा झनै […]

१० घण्टाको पोखरा–सिमरा यात्रा अब आधा घण्टामा सरर......

भदौ १५, पोखरा । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन । पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा—सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो ।            भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समयसमयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।            भारतीय पर्यटकलाई अधिकतम भित्र्यउनाका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा—सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।       वीरगञ्ज देशको प्रमुख व्यापारिक नाका हुनाका साथै नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जसमेतका कारण यी क्षेत्रसँग पर्यटकीय नगरी पोखरासँगको पर्यटकीय साइनोलाई समेत सिधा उडानले महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।            बुद्ध एयरले पोखरा—सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक हप्ता आइतवार, बुधवार र शुक्रवार उडान तालिका राखिएको छ । उडान हुने दिन दिनको १२ः२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १ः१५ बजे सिमराबाट यात्रुहरू पोखरा ल्याउनेछ ।            उडानले पोखरा आउन चाहने भारतीय पर्यटकका साथै पोखराबाट वीरगञ्ज र रक्सौल नाका हुँदै भारतका विभिन्न सहर जान चाहने व्यक्ति तथा पर्यटक सबैलाई लाभ पुग्ने विश्वास लिइएको उनले बताए ।            कास्की जिल्लासहित स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दीलगायत स्थानबाट बीरगञ्ज लगायतका स्थानमा मानिस बसाइ जाने गरेका कारण पनि ती व्यक्तिसमेत लाभान्वित हुने भएका छन् । बुधवारदेखि उडान थाल्ने बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने तयारी गरेको छ । यस रुटमा आवतजावत गर्न चाहनेका लागि बुद्ध एयरले तीन किसिमको भाडादर तोकेको छ । यसमा सबैभन्दा महँगो टिकटको भाडादर ७ हजार १७०रुपैयाँ रहेको छ ।            त्यस्तै मध्यमस्तरको टिकटको भाडादर ५ हजार २७० रुपैयाँ छ भने सस्तो ४ हजार ७७० रुपैयाँ  भाडादर रहेको स्टेशन म्यानेजर बरालले जानकारी दिए।            यसैबीच आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रमअन्तर्गत बुधवारदेखि हुने पोखरा–सिमरा पहिलो उडानमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी हुने भएको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए।            पहिलो उडानमार्फत सिमरा पुगेपछि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा त्यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा जनप्रतिनिधिसँग आन्तरिक पर्यटन पुनरुत्थान लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिने कार्यक्रम तय भएको उनले बताए । रासस

सोमवार रातिदेखि आन्तरिकतर्फका सबै उडान बन्द

काठमाडौं । सरकारले सोमवार (आज) रातिदेखि लागू हुने गरी आन्तरिकतर्पmका सबै उडान बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार रातिदेखि आन्तरिक उडान र २२ गते बुधवारदेखि भारतसहित तीन देशबाट हुने सबै उडान स्थगित गर्ने निर्णय भएको बैठकमा सहभागी कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् । उनका अनुसार मंगलवारदेखि भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि स्थगन गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सिफारिशमा बैठकले यस्तो निर्णय गरेको छ । पछिल्लो समयमा अत्यधिक मात्रामा कोरोना संक्रमित देखा परेसँगै सरकारले आन्तरिक र बाह्य उडानहरू स्थगन गरेको हो । आइतवार नै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका अधिकारीहरूबीच भएको छलफलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमवारदेखि १ घण्टामा जम्मा तीनओटा मात्रै उडान गर्ने निर्णय गरेको थियो ।