नेपाली सेनाद्वारा चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको निकुञ्ज कर्मचारीसहितको टोलीले गते गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नम्बर ७ नयाँबजार निवासी कैलाश आले मगर र नवलपुरको गैंडाकोट नगरपालिका १ बस्ने अशोक गुरुङ्ग रहेका छन् ।
उनीहरुलाई कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका का...