आगामी बजेटको लागि राय सुझाव पेश गर्न नेपाल उद्योग परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०७९/८० को बजेटका लागि राय सुझाव पेश गर्न अनुरोध गरेको छ ।  नेपाल सरकार, अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको लागि तयारी गरिरहेको पृष्ठभूमिमा नेपाल उद्योग परिसंघले सम्बन्धित उद्योग प्रतिष्ठानहरू र संघ-संस्थाहरूको तर्फबाट सुझाव संकलन गरी सरकारलाई आफ्नो अवधारणा पेश गर्ने तयारी गरिरहेकोले त्यसको लागि परिसंघले सुझाव मागेको हो। विद्यमान आर्थिक ऐन २०७८/७९ मा गर्नु पर्ने संसोधनहरू, नयाँ प्रस्तावहरू सहितका सुझावहरू इमेल वा पत्र मार्फत यहि २०७८ चैत्र ५ गते (तदनुसार १९ मार्च, २०२२) भित्र परिसंघको सचिवालयमा आईपुग्ने गरि उपलब्ध गराइदिन परिसंघले सम्पूर्ण सदस्य, उद्योग, प्रतिष्ठान तथा संघ-संस्थाहरूमा हार्दिक अनुरोध गरेको छ। 

सम्बन्धित सामग्री

विकास खर्च बढाउन नेपाल उद्योग परिसंघको आग्रह

काठमाडौं– नेपाल उद्योग परिसंघ टोलीले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाउन आग्रह गरेको छ ।  परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरे । […]