भाउ बढेसँगै सुनको कारोबार घट्याे

काठमाण्डाै - सुनको कारोबार घटेको छ । भाउ बढेसँगै सिजनको बेलामा पनि सुनको कारोबार घटेको हो । कोरोना भाइरसको महामारी अघि वैशाख महिनामा सुनको कारोबार दैनिक ५० किलोसम्म हुने गरेको थियो । तर, कोरोनाका कारण पोहोर र परार सालको वैशाखमा सुनको कारोबार ठप्प जस्तै भएको थियो । कोरोनाको जोखिम कम भएसँगै विवाह व्रतबन्ध सुरु भएपछि सुनको कारोबार हुन थालेको थियो । अहिले विवाहको लगन भए पनि भाउ बढेका कारण २५ देखि ३० प्रतिशतले कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विवाह, व्रतबन्धकाे लगन भएका ...