म्याद गुज्रेका औषधि वितरण गरेको भन्दै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो

उनी मोटरसाइकलमा गन्तव्यतर्फ गइरहेका बेला रोकेर कालोमोसो दलिएको हो। कालोमोसो दलिएपछि विज्ञप्ति जारी गर्दै उक्त पार्टीले म्याद गुज्रेको औषधि खुवाएर आमजनको स्वास्थ्यमाथि खेलबाड गरेको जनाएको छ।

सम्बन्धित सामग्री

म्याद गुज्रेको औषधि भेटेपछि दुईवटा फार्मेसी बन्द

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुज्रेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन ...

निःशुल्क शिविरमा म्याद गुज्रेका औषधि

रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गरेको फेला परेको छ । रेसुंगा नगरपालिका–८ स्थित महेन्द्र माविमा शनिबार सञ्चालन भएको शिविरमा ‘एमिजोए–१०’ नामको म्याद गुज्रेको औषधि वितरण गरिएको फेला परेको हो ।

म्याद गुज्रेका आइरन चक्की सुटुक्क नष्ट गर्दै जाजरकोट स्वास्थ्य कार्यालय

सुर्खेत । जनतालाई निशुल्क वितरण गर्नुपर्ने सिटामोल, आइरन चक्कीजस्ता औषधिहरु जाजरकोट जिल्ला स्वास्थ्य कार्यालयले वितरण नगरी लामो समयसम्म भण्डारण गरी म्याद गुज्रेपछि सुटुक्क नष्ट गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको भण्डारमै राखेर म्याद गुज्रिएको ३० लाख चक्की आइरन चक्की विहीबार नष्ट गरिएको हो । यता साउनदेखि जिल्लाभर आइरनको अभाव भइरहेको थियो । नष्ट गर्दा […]

आठबीस नगरपालिकामा म्याद गुज्रेका औषधि वितरण

आठबीस नगरपालिकाले म्याद गुज्रेका औषधि वितरण गरेको पाइएको छ । राकमकर्णालीस्थित रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीसँगको मिलेमतोमा नगर स्वास्थ्य शाखाले पुस १७ गते ४ नम्बर वडामा म्याद नाघेका विभिन्न १० प्रकारका औषधि वितरण गरेको भेटिएको हो ।

म्याद गुज्रेका औषधि वितरणप्रति रेसुङ्गाको ध्यानाकर्षण

चौराह हस्पिटल प्रालिको प्राविधिक सहयोगमा गुल्मीको तम्घासमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण भएको पाइएपछि रेसुंगा नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।