‘दीपावलीको प्रकाशले सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरणा मिलोस्’

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गरेकी छिन्।तिहारको पावन अवसरमा शुभकामना जारी गरी भण्डारीले देश विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन्।‘तिहार पर्वले एकातिर प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँ