देशभर ४३ सय ७६ जना सक्रिय संक्रमित, आज भेटिए २७ जना

काठमाडौं : बिहीबार देशभरि जम्मा २७ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ७ सय ४७ जनामा गरिएको परीक्षणमा २७ जना संक्रमित भेटिएका हुन्।आज २ सय २० जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४ हजार ३ सय ७६ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि २८ जना संक्रमित आइसियू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

सम्बन्धित सामग्री

देशभर कोरोनाका सक्रिय संक्रमित ७२ जना

काठमाडौं : देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७२ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ७२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बुधबार १ हजार ६८३ जनाको परीक्षण गर्दा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन्।

देशभर ४४४ जना सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।

कोरोनाभाइरस : देशभर ६४१ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ६२८ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोही अवधिमा ६८ जना निको भएको जनाएको छ । सो अवधिमा मृत्यु संख्या शून्य रहेको छ ।  हाल देशभर ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

देशभर जम्मा ८८९ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार ३७५ जनामा गरिएको परीक्षणमा ३३ जना संक्रमित थपिएका हुन्।आज ६६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८८९ जना सक्रिय संक्रमित रहेका छन्।

देशभर ९७ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ४७ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित थपिएका हुन्। आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ। आइसियूमा र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ। सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३५ वटा रहेको मन्त्रालयले जनाएको छ।

देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा कोभिड-१९ का १० जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७६८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्। आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ३० जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशको ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित

नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।

देशभर ५ हजार भन्दा कम सक्रिय संक्रमित, २४ घण्टामा ६५ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर जम्मा ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ५ हजार भन्दा कम रहेका छन् ।अर्थात देशभर ४ हजार ९१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनामा कोरोना परीक्षण भएको थियो ।

देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित

देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १