काँग्रेस अधिवेशन : मकवानपुर–१ को सभापतिमा खनाल निर्विरोध

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल निर्विरोध चयन भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको क्षेत्रीय अधिवेशनमा खनाल सभापतिमा निर्विरोध चयन भएका हुन् ।सभापति पदका अर्का उम्मेदवार धर्म लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिए । खनाल मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्षसमेत हुन् ।दाहालका अनुसार कार्यसमितिको सचिव बाहेकका सबै पदमा सहमतिबाटै नेतृत्व चयन गरिएको छ । सचिव पदमा भने निर्वाचन