काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीभित्र ह्वीप लाग्ने र सांसदहरुले पार्टीको ह्वीप मान्नुपर्ने संकेत गरेका हुन् । उनले अन्य पार्टीलाई आफुहरुको ह्वीप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरुले ह्वीप उलंघन गर्न नमिल्ने संकेत गरे ।उनले भने, ‘२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्म