केही दिन वर्षा हुने भएपछि किसानलाई चिन्ता

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेपछि किसानलाई चिन्ता परेको छ । दशैँको मुखमा पर्ने पानीले किसान पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा परेका छन् । पाकेर काट्ने अवस्थामा पुगेको धान ठूलो वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको कैलालीको जानकी गाउँपालिकाका रामसुन्दर चौधरीले बताउनुभयो । गएको वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाले क्षति गरेको थियो । आजदेखि वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको ...