धनगढी ः प्रधानसेनापति प्रभुराम शर्मा सुदूरपश्चिम आज धनगढी आइपुगेका छन्। प्रधान सेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र उपसचिव पनि धनगढी आइपुगेका छन्। धनगढीमा उनीहरुले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानून मन्त्रीसँग भेट तथा छलफल गरेका छन्। भेटमा प्रदेशको सुरक्षा अवस्था लगायत सुरक्षा चुनौती र विपद्को समयको समन्वयका बारेमा छलफल भएको बताइएको छ। यस्तै सुदूरपश्चिममा सेनाको अबको काम तथा योजनाबारे पनि छलफल गरिएको छ। प्रधान सेनाप