वरिष्ठ कवि, गायक तथा गीतकार किर्तिशेष शम्भुकुमार मिलनद्वारा रचित फुट्कर प्रकाशित तथा अप्रकाशित गीत तथा कविताहरुको संग्रह “मधुर मिलन” लोकार्पण गरिएको छ । पुस्तक प्राज्ञ देवी नेपालले सम्पादन गरेर प्रकाशनमा ल्याइएको हो । गत सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, लेखनाथ कक्षमा “शम्भु निर्मला” कला साहित्य समाजले आयोजना गरेको कार्यक्रममा कृति लोकार्पणका साथ रचना वाचन समेत गरिएको …