प्रधान सेनापति प्रभुरामद्वारा निरीक्षण भ्रमण

न्युज अफ नेपाल, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले (बिहीबार ) चितवन जिल्लामा तैनाथ काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् ।  । उनले गणको वस्तुस्थिति प्रतिवेदन तथा फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी लिएका थिए । शर्माले निरीक्षणका क्रममा सकलदर्जालाई सम्बोधन पनि गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

प्रधान सेनापति अष्ट्रेलिया जाँदै

१ साउन, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने भएका छन् । मन्त्रिपरिषद बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लागेका हुन् […]

प्रधान सेनापति शर्मा लेवनान प्रस्थान, यस्तो छ भ्रमण कार्यतालीका !

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान गएका हुन्। द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन र युएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाको बारेमा जानकारी लिन सो टोली लेवनान प्रस्थान गरेको नेपाली सेनाले […]

प्रधान सेनापति शर्मा विदेश भ्रमणमा जाँदै

प्रधान सेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्ने भएका छन्।...

भारत पुगेलगत्तै त्यहाँका सेनाध्यक्ष नरवाणेलाई भेटे प्रधान सेनापति शर्माले

काठमाडौं- औपचारिक भ्रमणका क्रममा मंगलबार भारत पुगेका नेपालका प्रधान सेनापति प्रभुराम शर्माले त्यहाँका स्थल सेनाध्यक्ष जनरल एमएम नरवाणेसँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा आपसी  हित तथा पारस्परिक सहयोगका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ। भेटघाटका क्रममा भारतको सुरक्षा दृष्टिकोणबारे प्रस्तुतीकरणसमेत देखाइएको थियो। नरवाणेको निमन्त्रणामा शर्माले औपचारिक भारत भ्रमण गरेका हुन्। भारत र नेपालका सेनाध्यक्षले […]

प्रधान सेनापति शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।  मंगलवार बिहान प्रधान सेनापति शर्मा ९ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा निस्किएका छन् ।  भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा  उनी भारत भ्रमणमा गएका हुन् ।

प्रधान सेनापति शर्मा भारत भ्रमणमा जाँदै

प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी कात्तिक २३ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  भ्रमणको क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ । उनले आफ्ना समकक्षी नरवणे लगायत भारतीय सेनाका अन्य अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । भ्रमण सकि उनी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम र

भारतको नेसनल डिफेन्स कोर्सको भ्रमण दलद्वारा जङ्गी अड्डा भ्रमण

नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स–२०२१ को भ्रमण दलले मंगलबार नेपाली सेनाको जङ्गी अड्डामा भ्रमण गरेको छ । जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमण दलका प्रमुख तथा रियर एडमिरल धिरेन भिगसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका थिए । भेटपछि नेपाली सेनासम्बन्धी विषयहरूमा प्रस्तुतीकरण र अन्तरकृयाको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई

प्रधान सेनापति थापा निरीक्षण भ्रमणमा

प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत साउन गतेबाट संचालनमा आएका कमाण्ड हेडक्वार्टरहरुको निरीक्षण भ्रमण गरेका छन् । यस क्रममा उनले साउन ७ गते पूर्वी कमाण्ड हेडक्वार्टर हिले,१० गते मध्य कमाण्ड हेडक्वार्टर पोखरा, १२ गते उपत्यका कमाण्ड हेडक्वार्टर नारायणहिटी र १४ गते पश्चिम कमाण्ड हेडक्वार्टर सुर्खेतको भ्रमण गरेको सैनिक मुख्यालयले जनाएको छ । भ्रमणको दौरानमा थापाले धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेख समेत अनावरण गरेका थिए।

प्रधान सेनापति थापाद्वारा निरीक्षण भ्रमण

न्युज अफ नेपाल, काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाले मोरङ जिल्लामा तैनाथ भैरव गण तथा श्री कालीशक्ति गण (ई) र तेह्रथुम जिल्लामा तैनाथ देवीबक्स गुल्मको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त युनिटहरुको स्थलगत निरिक्षण, वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन गरेका छन् । यसका […]