ऋषिदेव समुदायको व्यवस्थित बसोबास

विराटनगर, १७ पुस: आर्थिकरुपमा निकै पिछडिएका ऋषिदेव (मुसहर) समुदायलाई निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामार्फत व्यवस्थित आवासको व्यवस्था हुँदा सो समुदाय निकै उत्साहित भएको छ ।पटकपटक बाढीको जोखिममा परिरहने र शीतलहर एवं अन्य समस्याबाट ग्रसित यो समुदायलाई विराटनगर महानगरपालिको बखरीदेखि पश्चिम १४५ परिवारका लागि तीन बिघा १६ कट्ठा जग्गामा व्यवस्थित भवन निर्माण भइरहेको छ । […]