काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त विशेष प्रस्ताव पारित गरेको हो । साथै कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य पनि गरेको छ । सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य प्रस्ताव पनि सभाले पारित गरेको छ ।सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न