नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा

काठमाडौं । नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ। बिहीबार नेप्सेको बजार पुँजीकरण गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९६ दशमलव ४५ प्रतिशत पुगेको हो।  परिसूचकले २६ सय ३६ अंकको नयाँ कीर्तिमानी स्तर बनाएको छ। यस दिन ‘अन्तरदिवसीय’ व्यापारमा नेप्से २६ सय ४२ अंकसम्म पुगेको थियो। सोही क्रममा बजार पुँजीकरणको आकारमा पनि कीर्तिमानी स्तर तयार भएको हो। बिहीबारकै अनुपातमा बजारको विस्तार जारी रहने हो भने चार दिनपछि नेप्सेको पुँजीकरण अर्थतन्त्रको आकारभन्दा