आफ्नो आम्दानीको १० प्रतिशत उपचारमा खर्च गर्छन् हरेक नेपाली परिवार

काठमाडौं :  नेपालमा हाल हरेक परिवारले आफ्नो आम्दानीको १० प्रतिशत रकम उपचारमा खर्च गर्ने गरेको पाइएको छ।स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले आज आयोजना गरेको कार्यक्रममा महाशाखाका प्रमुख डा अनुप बाँस्तोलाले नेपालमा हरेक परिवारले आफ्नो परिवारको कुल खर्चको १० प्रतिशत हिस्सा उपचारमा खर्च गर्ने गरेको बताएका हुन्।‘नेपालमा हरेक घर परिवारले आफ्नो आम्दानीको १० प्रतिशत हिस्सा स्वास्थ्य उपचारमा खर्च गर्ने गरेक