डेङ्गु संक्रमितहरुका लागि काठमाडौँ महानगरले सुरु गर्यो हटलाइन सेवा

डेंगु संक्रमण फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु गरिएको हो । डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिने उनले जानकारी दिए ।