म्यानमारको सैन्य शासनको अत्याचारमा नेपालीभाषी, हत्यापछि शवसमेत दिँदैन

म्यानमारमा चलिरहेको सैनिक शासनको मारमा नेपालीभाषीहरू पर्नेक्रम बढ्दै गएको छ। पछिल्लो तीन वर्षयता शासन सत्ता टिकाउन सेनाले निहत्या सर्वसाधारणमाथि गोली र बम बर्षा गर्दै आएको छ। जनसमुदायलाई आतंकित पारेर सत्ता टिकाउने रणनीतिमा लागेको सैन्य सरकारको आक्रमणमा परी तीन वर्षको अवधिमा १७ जना नेपालीभाषीको मृत्यु भइसकेको छ। जसमध्ये ८ जना सेनाले आकाशबाट गरेको वम बर्षाको सिकार […]