कांग्रेस संसदीय दलका नेता शाहीद्वारा सरकारी गाडी फिर्ता | Nagarik News - Nepal Republic Media
कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले कोरोना (कोभिड–१९) उपचारका लागि आफुले प्रयोग गर्दै आइरहेको सरकारी गाडी संसद सचिवालयलाई फिर्ता गरेका छन्।
सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस पनि सरकारमा जाने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको पक्षमा मतदान गरेसँगै काँग्रेस पनि सरकारमा जान चाहेको हो । अब कर्णालीमा प्रतिपक्षको भूमिकामा काँग्रेस रहेन । काँग्रेस संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले आइतबार आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । प्रतिपक्ष दलका रुपमा उपभोग गर्दै आएको सरकारी गाडी शाहीले फिर्ता गरेका हुन् । ‘हामी अब प्रति