काठमाडौँ । सर्वोच्च परिसरभित्र कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च पुगेका कानुन व्यवसायी र त्यहाँ खटिएका सुरक्षाकर्मीबीच धकेलाधकेल भएको हो। सोही क्रममा तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेट बाहिर नाराबाजी गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।