काठमाण्डाै – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ । मन्त्री गहतराजले खेलकुद क्षेत्रमा सरकारले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराउनुभएको हो ।
आज मङ्गलवार समितिको बैठकमा बोल्दै उहाँले खेलकुद क्षेत्र उत्पादनमूलक क्षेत्र भएको र त्यसमा लगानी बढाउनुपर्छ भन्ने मान्यता सरकारमा विकास गराउन पनि सम्बन्धित सबै पक्षले...