अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारको बोझ, भिसामा कडाइ गर्ने

काठमाडौं- अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारलाई दिइने भिसामा कडाइ गर्ने भएको छ । अष्ट्रेलिया सरकारले आफ्नो अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्ने घोषणा गर्दै यस्तो निर्णय गरेको हो । यसअनुसार त्यहाँ आगामी दुई वर्षमा आप्रवासीको आगमन घट्ने अपेक्षा गरिएको छ । नयाँ नीति अनुसार अष्ट्रेलिया जान चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले अङ्ग्रेजी भाषामा उच्च अङ्क ल्याउनुका साथै […]

सम्बन्धित सामग्री

यी हुन् अष्ट्रेलियामा विद्यार्थी भिसामा गरिएका ६ परिवर्तन

१५ चैत, काठमाडौं। आप्रवासन नीतिमा गरिएको परिवर्तन लागू भएसँगै अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ गरिएको छ। नयाँ परिवर्तनसँगै यसअघि आर्थिक पक्षलाई प्राथमिकता दिंदै आएकोमा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथमिकता दिने भएको हो। यसअघि अभ्यासमा रहेको ‘जेनुइन टेम्पोररी एन्ट्रेन्ट’ (जीटीई) नीतिलाई अब ‘जेनुइन स्टुडेन्ट’ (जीएस) ले विस्थापन गरेको छ। योसँगै अब विद्यार्थीले कडा परिश्रमसँगै थप आर्थिक जोहो पनि […]

विद्यार्थी भिसामा कडाइसँगै अष्ट्रेलियामा धमाधम बन्द हुन थाले कलेजहरू

१५ चैत, काठमाडौं । विद्यार्थी भिसामा कडाइ भएसँगै अष्ट्रेलियामा केही कलेज बन्द हुन थालेका छन् । अष्ट्रेलियाको शिक्षा मन्त्रालयले केही कलेज बन्द गरिएको सूचना सार्वजनिक गरेको छ । यसअघि अष्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले भिसाको खेती गर्ने शिक्षा प्रदायकहरूलाई कडाइपूर्वक कारबाही गर्ने प्रतिबद्धता जनाएकी थिइन् । कतिपय कलेजले विदेशी विद्यार्थीलाई भिसा प्रदान गर्ने कारखानाको रूपमा काम […]

अष्ट्रेलिया जाने विदेशी विद्यार्थीलाई कडाइ, अध्ययनमा जाने ६० प्रतिशत घटे

पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ। सरकारको पछिल्लो तथ्यांकअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको हो।जसमा आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र २०२१–०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो। यो २००५—२००६ पछिकै कम स्वीकृत भएको हो। यो गिरावट सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार भएको हो। २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको हो।

बेलायतमा नयाँ अध्यागमन नियम : वर्क परमिट र विद्यार्थी भिसामा कडाइ

आमचुनाव हुन झन्डै एक वर्ष बाँकी रहँदा बेलायत सरकारले अध्यागमनसम्बन्धी नियम थप कडा बनाउने घोषणा गरेको छ ।गृहमन्त्री जेम्स क्लेभर्लीले सोमबार अपरान्ह बेलायती संसद्‌मा घोषणा गरेको पाँच बुँदे परिवर्तनले मुख्यतः वर्क  परमिट र विद्यार्थी रुटमा बेलायत आउने आप्रवासी प्रत्यक्ष प्रभावित हुने जानकारहरुले टिप्पणी गरेका छन् ।

बेलायतद्वारा अध्यागमन नियन्त्रणको घोषणा, वर्क परमिट र विद्यार्थी भिसामा कडाइ

आम चुनाव हुन झन्डै एक वर्ष बाँकी रहँदा ब्रिटिस सरकारले अध्यागमनसम्बन्धी नियम थप कडा बनाउने घोषणा गरेको छ । गृहमन्त्री जेम्स क्लेभर्लीले सोमबार अपरान्ह बेलायती संसदमा घोषणा गरेको पाँच बुँदे परिवर्तनले मुख्यतः वर्क परमिट र विद्यार्थी रूटमा बेलायत आउने आप्रवासी प्रत्यक्ष प्रभावित हुने जानकारहरूले टिप्पणी गरेका छन् ।

विद्यार्थी भिसामा कडाइ गर्दै दक्षिण कोरिया

दक्षिण कोरियामा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै सरकारले भिसा नीतिमा कडाइ गर्ने भएको छ। कोरियामा अध्ययनको लागि आएका विद्यार्थीहरू अबैध रुपमा बस्न थालेपछि न्याय मन्त्रालयाले सो निर्णय गरेको आइतबार बताएको छ।