बार्दलीमा बसेर मोबाइल चलाउँदा लडेर घाइते

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी,नारायणटारमा मोबाइल चलाउँदा बार्दलीबाट लडेर युवक गम्भिर घाइते भएका छन् । दोलखा घर भई नारायणटारस्थित राई स्कुल नजिक बस्ने २० वर्षीय छेवाङ शेर्पा गम्भिर घाइते भएका हुन् ।शेर्पाको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । धर्म आचार्यको घरको तेस्रो तलास्थित  डेरामा मोबाइल चलाउँदा उनी अचानक लडेका हुन् ।