६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए ।“निषेधाज्ञा सुरु भएको दुई÷तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो । त्यसपछि घट्दै गयो, अहिले आधामा झरेको छ,” उनले भने, &ldq