सल्यान : सल्यान बागचौर नगरपालिका ५ का कलिराम वली सशस्त्र विद्रोहका वेला किनेको जग्गाका कारण सुकुमबासी बन्न पुगेका छन्।वलीले २०५९ माघ २६ गते स्थानीय कृतिबहादुर बस्नेतबाट २२ रोपनी जग्गा खरिद गरेका थिए। जग्गा पास तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनसत्ता’मा भयो। वलीले माओवादी शान्ति प्रक्रियामा आउँदासम्म सोही लिखतका आधारमा निर्धक्क जग्गा उपभोग गरे।माओवादीले द्वन्द्वका वेला बस्नेतलाई कारबाही गर्यो र ३५ हजार रुपैयाँ धरौटी राख्न भन्यो। बस्नेतसँग धरौटी राख्ने केही