काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले गत माघमा देशका विभिन्न जिल्लाका शाखामार्फत वित्तीय साक्षरता गरेको बुधवार (आज) जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साक्षरता कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संस्थामा आवद्ध सदस्य तथा गैर सदस्य सहभागी रहेको कम्पनीले जानकारी दिएको छ ।
साक्षरता कार्यक्रममा दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोग गर्ने तरिका, व्यवसाय व्यवस्थापनलगायत विषय समेटिएको छ ।
कम्पनीको कोशी प्रदेशको सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय छ भने काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय छ ।